शेखर कोइराला

काठमाडौं, ३० जेठ–नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरूद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ व्यवहारतः लागू हुन नसकेको टिप्पणी गरेका हुन्।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति पनि प्रश्न उठाउँदै आयोगले एउटै मुद्दामा केहीलाई कारबाही गर्ने र केहीलाई उन्मुक्ति दिने प्रवृत्तिले दण्डहीनतालाई प्रोत्साहन दिएको टिप्पणी गरे। भ्रष्टाचारविरोधी भाषा बोलेर मात्र नहुने भन्दै कोइरालाले निर्मम तरिकाले भ्रष्टाचार अन्त्य गर्न लाग्नुपर्ने उनले बताए।

मुलुकको आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय साख संकटमा पर्दै गएको उनको भनाइ छ । उनले श्रमिकको पारिश्रमिक वृद्धिमा सरकार लगातार असफल भएको आरोप लगाए ।

नेपाल आतंकवादमा वित्तीय संलग्नताको आशंकामा रहेको भन्दै युरोपेली संघले नेपाललाई ग्रे लिस्टमा राखिसकेको तथ्यप्रति गम्भीर चिन्ता समेत व्यक्त गरे । नेता कोइरालाले सरकारले विद्युत प्राधिकरणको बक्यौता नउठाएकोप्रति असन्तुष्टि जनाएका छन्।

पार्टी विद्युत प्राधिकरण संघको महाधिवेशनलाई सम्बोधन गर्दै उर्जामन्त्री दीपक खड्कासामु कोइरालाले उद्योगी व्यापारीलाई पोस्नको लागि जनता नभएको बताए। उनले मन्त्री खड्कासँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै उनले भने, ‘कम्तीमा पनि २३ अर्ब उठाउनु पर्नेछ, अनि हामी विद्युत प्राधिकरण खस्कियो भन्छौँ, उठाउनु पर्ने पैसा चाहिँ नउठाउने रु अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने गलत हो ।

पहिला उठाउन पैसा, कल्पना गरौँ, जनताले जबसम्म बक्यौता उठाउँदैन तबसम्म प्राधिकरणलाई मासिक चार्ज दिँदैनौँ भने भने के हुन्छ। उद्योग व्यवसायी पाल्नको लागि जनता होइन ।’ उनले विद्युत प्राधिकरणको बक्यौता छिटोभन्दा छिटो नउठाए देशकै अवस्था नाजुक हुने बताए। उनले उद्योगीहरूले नतिर्ने भए हामीले किन तिर्ने रु भन्दै प्रश्न गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *