दमक, ३० जेठ—विर्तामोडमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विर्तामोड नगरपालिका(५ की ५२ वर्षिय महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ ।

कार्यालयका महामारी फोकल पर्सन युवनाथ बरालले विर्तामोडस्थित विर्तासिटी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनमा संक्रमण पुष्टि भएको बताए । महिला घरमै आइसोलेसनमा बसिरहेकी छिन् ।

यसैगरी विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काले पनि पालिकाकी एक महिलामा संक्रमण पुष्टि भएको बताए । यद्यपि उनी कतै भ्रमण बाहिरबाट आएकी भने होइनन् ।

‘सामान्य रुघाखोकी लागेर अस्पताल पुगेपछि कोभिड परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उहाँको अवस्था सामान्य छ, घरमै हुनुहुन्छ,’ उनले भने । कोरोना संक्रमणको कुन भेरियन्ट हो भन्नेबारे भने पत्ता लगाउने काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *