क्याम्पा (कमल), ३० जेठ–तोपागाछीस्थित क्याम्पा बजारमा अवस्थित कमला मदन आश्रित स्मृती माध्यमिक विद्यालयमा आज विद्यार्थीहरुलाई लक्षित गरेर एक दिने निःशुल्क दन्त शिविर गरिएको छ ।

कमल गाउँपालिका वडा नं २ क्याम्पा बजारस्थित कमला मदन आश्रित स्मृती माध्यमिक विद्यालयमा संक्षिप्त कार्यक्रमकाबीच निःशुल्क दन्त शिविर उद्घाटन गरिएको थियो । सो शिविरमा चार सय ४४ जना छात्रा–छात्रहरुको दन्त प।िरक्षण गर्नुका साथै दन्त स्याहारसुसार सम्बन्धि स्वास्थ्य सामाग्ीहरु वितरण गरिएको छ ।

कमल–२ वडा कार्यालयको आयोजना, कमल नगर अस्पतालको व्यवस्थापन र दमकस्थित थुलुङ डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।

वडाध्यक्ष अशोक सुब्बाको अध्यक्षता, कमला मदन आश्रित स्मृती माध्यमिक विद्यालय व्यस्थापन समिति अध्यक्ष होमबहादुर बराल, प्रधानध्यापक हिमप्रसाद दाहाल, थुलुङ डेन्टल क्लिनिककी सञ्चालिका एबम् लाइफ लाईन अस्पतालकी डाक्टर सोफिया थुलुङ, डाक्टर हाङमा मादेन लिम्बू, पत्रकार अनिलदेब राई, शिक्षका याम प्रधानलगायतको उपस्थिति थियो । सो अवसरमा वडाध्यक्ष सुब्बाले औषधीसहितका स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गर्नुभएको थियो ।

शिविरको उद्घाटन कार्यक्रमबीच डाक्टर सोफिया थुलुङले दमक थुलुङ डेन्टल क्लिनिकबाट उपलब्ध सेवा र सुविधाहरुका बारेमा प्रष्ट पार्नुभएको थियो ।

त्यस्तैं, डाक्टर थुलुङले आज सम्पन्न विद्यार्थीहरुलाई थप उपचार गर्नुपर्ने अवस्थामा ओपिडी जाँच निःशुल्क र अन्य सेवातर्फ ३५ पप्रतिशत छुटको प्रवन्ध गरिने प्रतिवद्धता गर्नुभयो ।

शिविरमा कमल २ का वडा सदस्यहरु महेन्द्र खत्री, सम्झना रणपहेली, कमल नगर अस्पतालका प्रमुख दीपक दाहालको सहभागिता थियो ।

त्यस्तैं, सो शिविरमा थुलुङ डेन्टल क्लिनिकबाट डेन्टल असिस्टेन्ट निकिता घिमिरे र सरद राजवंशीसहितको टोलीले प्राविधिक सहयोग पुरयाँएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *