बेलबारी (मोरङ), ३१ जेठ–करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो।

घर नजिकै सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए। शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *