धरमपुर, ३१ जेठ–घर–जग्गासम्बन्धि व्यापार व्यवसाय गर्दै आइरहनु भएका झापा शिबसताक्षी–९ दुधेका डिल्लीप्रसाद विश्वकर्मले आर्थिक अवस्था कमजोर भएका यहाँका बिपन्न १५ घर–परिवारलाई गर्मीमा प्रयोग गरिने पङ्खा बितरण गर्नुभएको छ ।

शिबसताक्षी–२ मंगलबारे बजारमा एक कार्यक्रमबीच युवा व्यवसायी एबम् समाजिक सेवामा सक्रिय डिल्लीप्रसाद विश्वकर्मले पङ्खा बितरण गर्नुभएको हो । मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष एबम् स्थानीय सामाजिक तथा राजनीतिक व्याक्तित्व राजु दर्नालले शिबसताक्षी–२ मा बसोबास गर्नुहुने कमजोर आर्थिक अवस्थाकै कारण गर्मी मौसममा पङ्खा खरिद गर्न नसेकेका ५ परिवारलाई व्यवसायी विश्वकर्मले स्टेण्डिसहितको ५ थान पङ्खा बितरण गनुर््भएको हो ।

मंगलबारे बजार व्यवस्थापन समितिको विशेष पहल र आग्रहमा युवा व्यवसायी विश्वकर्मले पङ्खा बितरणमा शिबसताक्षी–२ का जनप्रतिनिधिहरु, व्यवसायीहरु, बजार व्यवस्थापन समितिका पदाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा पङ्खा बितरण गरिएको थियो ।

त्यस्तैं, शिबसताक्षी–३ पाराबारीस्थित वडा कार्यालयमा एक कार्यक्रमबीच युवा व्यवसायी विश्वकर्मले यहाँका कमजोर आर्थिक अवस्थाकै कारण गर्मीको समयमा कष्टकर जीवन बिताइरहेका १० घर–परिवारलाई पङ्खा बितरण गरिएको हो ।

पङ्खा बितरणपछि युवा व्यवसायी एबम् सममाजिक सेवामा सक्रिय बिश्वकर्मले बढ्दै गएको गर्मीले जनजीवन कष्टकर बनिरहेको बताउनुभयो । वहाँले यस्तो गर्मीमा कतिपयको घरमा पङ्खा आवश्यक भएरपनि बजारबाट खरिद गरेर ल्याउन नसकिरहेको अवस्था भएको बताउनुभयो । त्यस्ता कमजोर र विपन्न १० घर–परिवारलाई सहयोगवापत पङ्खा उपलब्ध गराइएको बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *