पाँचथर, ३१ जेठ–मेची राजमार्गमा पर्ने फिदिम र हिलिहाङ जोड्ने हेवाखोलामा निर्माणाधीन पुल (मोडुलर ब्रिज) भाँचिएको छ। ७० मिटर लामो सिङ्गल स्पानको मोडुलर ब्रिज जडान गरी वारपार गर्ने क्रममा भाँचिदा ६ जना मजदुर घाइते भएका छन्। नेपालमा पहिलोपल्ट ७० मिटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो।

नेपालमा नयाँ भएकाले भारतीय प्राविधिकको सहयोगमा जडान कार्य भइरहेको थियो । ७० मिटर लामो पुललाई बीचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो । घटनाको बिस्तृत विवरण आइसकेको छैन।

बाढीले पक्की पुल बगाएपछि बनाइएको बेलिब्रिज समेत बाढीले बगाएपछि हेवाखोलामा ‘मोडुलर ब्रिज’ निर्माण भइरहेको थियो। २०८० सालको बर्खामा यहाँको पक्की पुल बाढीले बगाएको थियो। पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढीले बगाएको थियो । पुल भाँचिनको कारण खुल्न बाँकी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *