काठमाडौँ, ३१ जेठ–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), संघीय परिषद सदस्य सरण चौलागाईँ नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ।

आज (शनिबार) प्रथम युवा जिल्ला अधिवेशनका अवसरमा चौलागाईँ एकीकृत समाजवादीमा समाहित हुनुभएको हो। उहाँलाई पार्टीका महासचिव घनश्याम भूसालले पार्टीमा स्वागत गर्नुभएको युवा जिल्ला इन्चार्ज आलोक रायमाझीले जानकारी दिनुभएको छ।

कार्यक्रममा कमिटीका पूर्वअध्यक्ष सुशिल भट्टराई, नेता जमुना सनमलगायत नेताहरुलाई सम्मान गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *