दमक, १ असार–झापाको सुरुङ्गामा शनिबार सम्पन्न प्रथम कनकाई जिल्लातरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङले दोश्रो स्थान हासिल गरेको छ ।

कन्काई नगर तेक्वान्दो डोजाङले सुरुङ्गामा आयोजना गरेको प्रथम कनकाई जिल्लास्तरिय खुल्ला तेक्वान्दो च्याम्पियनसीपमा दमकको डोजाङ दोश्रो बनेको हो । कनकाई नगरपालिका पहिलो बन्यो ।

सो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङ दोश्रो र गौरीगञ्ज तेश्रो बन्न सफल भएको छ । दमक तेक्वान्दो डोजाङका २२ जना खेलाडीहरुले भाग लिएका थिए । जसमध्ये ५ वटा स्वर्णपदक, ६ वटा रजत र तीन काँस्य गरि कुल १४ वटा उपाधि जितेको हो ।

दमक तेक्वान्दो डोजाङका तर्फवाट दमक तेक्वान्दो डोजाङका २६ केजी तौलमा प्रज्ञा तामाङ, २८ केजी तौल समूहबाट अर्पण धिमाल, ३८ केजी तौल समूहबाट रेवन राई, महिला पुम्सेतर्फ इक्सा मादेन, पुरुष पुम्सेतर्फ एस्विन तुम्रोकले स्वर्ण पदक जिते ।

त्यस्तै, रजततर्फ ३१ केजी तौल समूहबाट चिनो मगर, ३८ केजीतर्फ सुभम अधिकारी, ४२ केजीबाट रेसु धिमाल, ४४ केजी तौलबाट रन्जिता तामाङ, ४५ केजी तौलबाट सौरभ तामाङ र पुम्सेतर्फ सेमिना राईले उपाधि पाए ।

प्रतियोगितामा ४१ केजी तौल समूहबाट विरेन्द्र राई, ५१ केजी तौल समूहबाट इन्दिप धिमाल र महिला पुम्सेतर्फ रन्जिता तामाङ, पुरुष पुम्सेतर्फ पुरव लिम्बूले काँस्य पदक जिते ।

त्यस्तै, प्रतियोगितामा वेष्ट फाईटरको उपाधि अर्पण धिमाल पुरस्कृत भएको दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले बताए ।

दमक–५ स्थित सर्वोदय बोर्डिङ स्कुलमा एक कार्यक्रम गरी उपाधि जित्ने खेलाडीहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । समाजसेवी तथा डोजाङका सल्लाहकार संयोजक गजु देवानको उपस्थितिमा भएको सो कार्यक्रममा युवा व्यक्तित्व प्रमोद ढकाल, समाजसेवी बलराम धिमाल, प्रशिक्षकहरु प्रतिमा तामाङ, कपिल धिमाल र आयुस धिमाल, डोजाङका खेलाडीहरुको उपस्थिति रहेको थियो । सोहि अवसरमा प्रमुख सल्लाहकार देवानले खेलाडीहरुको उपचार खर्चका लागि ११ हजार रुपैया सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

प्रतियोगितामा विभिन्न १५ वटै पालिकाका ३ सय १५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । संस्था स्थापनाको वर्षदिनमा यस डोजाङले अहिलेसम्मकै ठुलो सफलता प्राप्त गर्न सफल भएको अध्यक्ष धिमालले बताए ।

डोजाङले विगत एकवर्षदेखि दमकका चार वटा विद्यालयमा तेक्वान्दो प्रशिक्षण गराउदैआएको छ । प्रशिक्षणमा करिव १५० जना विद्यार्थीहरु सहभागि छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *