केर्खा (कमल), १ असार–कमलनगर जेसीजले आज (आइतबार) लागुपदार्थ दुव्यर्सनी विरुद्धको सचेतना र संकल्प तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कमलनगर जेसीजको आयोजना तथा कमल गाँउपालिका वडा नं ०१ को वित्तिय सहयोगमा श्री बाँसबारी माध्यमिक विद्यालय कमल–०१ बाँसबारीमा अध्ययनरत विद्यार्थीहरु माझ लागु पदार्थ दुव्यर्सनीविरुद्धको सचेतना र संकल्प तालिम कार्यक्रम सम्पन्न भएको कमलनगर जेसीज वर्ष २०२५ का उपाध्यक्ष कमल कटुवालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमका संयोजकत्व वर्ष २०२५ का उपाध्यक्ष जेसी डिजा घिमिरे गर्नु भएको थियो । कार्यक्रममा कमल गाँउपालिका वडा नं ०१ वडा अध्यक्ष तथा कमलनगर जेसीजका पूर्वअध्यक्ष जेसी केदार कटुवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कक्षा ९ र १० मा अध्ययनरत विधार्थीहरु मध्ये ५९ जना विद्यार्थीहरुलाई एस.एस.बालग्राम ईटहरीका काउन्सिलर मनकुमार गुरुङ्गले लागुपदार्थ दुव्र्यसनले व्यक्तिगत, पारिवारीक तथा सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावहरु र तिनको समाधानका उपायहरुबारे प्रयोगात्मक र अन्तरक्रियात्मक ढंगले प्रशिक्षण दिनु भएको थियो ।
यस कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालय समुदायलाई लागुपदार्थको दुष्प्रभावप्रति सचेत गराउनुका साथै स्वस्थ्य बालबालिका, उज्यालो भविष्य र जिम्मेवार समाज निर्माणतर्फ एक प्रेरणादायी कदमको रुपमा अगाडी बढेको कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले बताए ।
कार्यक्रममा कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, संयोजकहरु, पूर्वअध्यक्षहरु, सदस्यहरु, श्री बाँसबारी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानध्यापक एवम शिक्षकहरुको उपस्थिति रहेको थियो ।
