नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वाला

काठमाडौँ, ६ असार–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट असन्तुलित रहेको बताउनु भएको छ।

आज (शुक्रबार) प्रतिनिधिसभा (संसद) मा बोल्दै एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद ज्वालाले उक्त कुरा बताउनु भएको हो। सरकारले ल्याएको बजेट पक्षपात र अव्यवहारिक रहेको बताउदै उपाध्यक्ष ज्वालाले सल्यानसँगै सिङ्गो कर्णालीलाई बजेटमा वञ्चितिकरण गरिएको बताउनु भएको छ।

सांसद ज्वालाले अगाडि भन्नुभयो, ‘सधै उपेक्षामा पारिएको र बजेटले पनि उपेक्षामा पारिएको छ। यसमानेमा म यस बजेटप्रति खेद व्यक्त गर्दछु। काठमाडौँ, झापा र रूपन्देहीमा मात्रै बजेट केन्द्रित छ।

भौतिक पूर्वाधार मन्त्री यहि हुनुहुन्छ। म प्रश्न गर्न चाहान्छु, यो भौतिक पूर्वाधार मन्त्रालय हो कि ? भौतिक पूर्वाग्रही मन्त्रालय हो ? बढी दुविधामा परियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *