काठमाडौँ, ६ असार–नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भूसालले सुशासन रोजगारी, समाजवादको तयारी आन्दोलनले केही समयभित्रै नेपालको राजनीतिमा प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ।

आज (शुक्रबार) राष्ट्रिय जनसाँस्कृतिक महासंघ (समाजवादी) को घटक संगठन जनसंगीत मञ्चको आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले उक्त विश्वास व्यक्त गर्नुभएको हो।

मञ्चका अध्यक्ष कृष्ण बिक आँसुको अध्यक्षता एवं मञ्चका महासचिव पूर्णबहादुर जेठारा (संगम) ले सञ्चालन गर्नुभएको प्रशिक्षण कार्यक्रममा महासचिव भूसालले सुशासन र रोजगारी आजको मुख्य विषय भएको स्पष्ट पार्नुभयो।

साथै उहाँले सुशासन र रोजगारी समाजवादको तयारीको प्रमुख मुद्धा भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ुसुशासन र रोजगारी मुलुकलाई समृद्ध बनाउने नारा मात्रै होइन, यो त समाजवादको तयारीसमेत हो। वर्तमानका समस्याहरुलाई समाधान गर्न राज्य सक्दैन। सडकमा उठिरहेको आवाजले झनै समाधान दिन सक्दैन। सत्ता निरंकुश बन्दैछ भने सडक अराजक बन्दैछ। सडकमा उठिरहेको आवाज व्यवस्था विरोधि आवाज हो। सडकमा उठिरहेको आवाजले जनताका समस्या सधान गर्नका लागि होइन। त्यो अर्कैका लागि हो।ु

महासचिव भूसालले अगाडि भन्नुभयो, ुकांग्रेस मुलुकलाई समृद्ध बनाउन सक्दैन। एमालेले बनाउनुपर्ने थियो। तर, एमाले नेतृत्व कसले लिने भन्ने विषयमा केन्द्रित छ। एमाले नेतृत्वले काम गर्न नसक्दा विकल्पमा विद्या भण्डारीको चर्चा भइरहेको छ।ु

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शेरबहादुर कुँवर, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा, पोलिटब्यूरो सदस्य दुर्गा परियार, नन्द बञ्जाडे, महासंघका सल्लाहकार संयोजक डा।अमर गिरी, अनुशासन आयोग सदस्य विक्रम मैनाली, महासंघका अध्यक्ष कृपाराम शर्मा धमला, महसचिव ऋषि अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *