काठमाडौँ, ७ असार–नेकपा (एमाले) का सचिव योगेश भट्टराईले हाम्रा मन्त्रीहरू संसद्‌प्रति जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एकैपटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसद्‌प्रतिको गैरजिम्मवारी भएको तर्क गरे।

उनले संसद्‌मा विनियोजन शीर्षकमाथिको छलफल भइरहेका वेला त्योभन्दा महत्त्वपूर्ण अर्को काम के होला रु भन्दै प्रश्न गरे। संविधानले प्रधानमन्त्रीलाई संसद्‌प्रति जवाफदेही बनाउने र मन्त्रीहरूलाई प्रधानमन्त्री र संसद्‌प्रति जवाफदेही बनाउने बताए।

भट्टराईले भने, ‘विनियोजन शीर्षकमाथिको छलफल भइरहेका वेला मन्त्रीहरू यहाँ नआएर अन्तै जानुपर्ने के पर्‍योरु यो निकै गम्भीर प्रश्न हो। संविधानले प्रधानमन्त्रीलाई संसद्‌प्रति जवाफदेही भन्छ। मन्त्रीहरूलाई प्रधानमन्त्री र संसद्‌प्रति जवाफदेही भन्छ। जब हामी संसद्‌मा उपस्थित भएर गम्भीरताका साथ भाग लिँदैनौँ, आफूले प्रस्तुत गरेका विधेयकहरूमा गम्भीरताका साथ अन्यत्र भाग लिँदैनौँ भने गर्छौं केरु विधायिकी काममा भाग लिँदैनौँ भने गर्छौं केरु’

सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *