क्याम्पा बजार (कमल), ७ असार–दमक थुलुङ डेन्टल क्लिनिकले कमल–२ क्याम्पा बजारस्थित नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाहरुको निःशुल्क दन्त परिक्षण तथा दाँत र गीजासम्बन्धि परामर्श प्रदान गरेको छ ।
कमल गाउँपालिका वडा नम्बर २ को कार्यालयको आयोजनामा शुक्रबार सम्पन्न भएको निःशुल्क दन्त परिक्षण शिविरमा सो विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाहरुसहित २५५ जनाले सेवा लिएका थिए । सो क्रममा दन्त परिक्षणसहित दाँत र गीजासम्बन्धि हुने समस्या र रोगको उपचार बारे जानकारी समेत गराइएको थियो ।
क्याम्पास्थित कमल नगर अस्पतालका प्रमुख दीपक दाहालका अनुसार दमक थुलुङ डेन्टल क्लिनिक र वडा कार्यालयको सहकार्यमा सो शिविरको आयोजना गरिएको हो । शिविरलाई कमल नगर अस्पतालले समन्वय गरिरहेको अस्पतालका प्रमुख दाहालले हाम्रोसरोकारलाई जानकारी दिनुभयो ।
यसअघि, कमल–२ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा सोही शिविरको आयोजना गरिएको थियो । सो विद्यालयमा ४ सय ४६ जनाले निःशुल्क दन्त परिक्षण गराएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बरालले जानकारी दिनुभयो ।
शिभिरमा आएका अधिकाश विद्यार्थीहरुको दाँत र गिजासम्बन्धिका समस्या देखिएको दमक थुलुङ डेन्ठल क्लिनिककी सञ्चालिका वरिष्ठ दन्त रोग रोग विशेषज्ञ डाक्टर सोफिपा थुलुङले बताउनुभयो । दाँतका उपचारमा हतार गरेर नहुने, धर्यताका साथ उपचारमा लाग्नुपर्ने भएकोले शिविरमा आएका विद्यार्थी नानीबाबुहरुले दमकस्थित क्लिनिकमा आएर भारी छुटसहित सेवा लिनसमेत अनुरोध गर्नुभएको छ ।
डाक्टर थुलुङका अनुसार क्लिनिकमा ओपीडि शुल्न नलाग्ने र अन्य सेवाहरुमा २५ देखि ३५ प्रतिशतसम्म छुट गरिएको छ ।
वडाध्यक्ष अशोक सुब्बाको अध्यक्षतामा भएको सो शिविरमा वडा सदस्यहरु, विद्यालयका शिक्षक–शिक्षिकाहरु, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थितिमा दन्त शिविर सम्पन्न भएको थियो । त्यस्तैं, शिविरमा डेन्टल क्लिनिकको तर्फबाट डा.सोफिया थुलुङ, डाक्टर हाङ्मा लिम्बुसहित अन्य डाक्टर तथा नर्सहरुले सेवा प्रदान गर्नुभएको थियो ।
