राजेन्द्र लिङ्देन

काठमाडौं, असार–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भइरहेका जनप्रतिनिधि देशले धान्न नसक्ने बताएका छन्। विद्यार्थीसँग विचार विमर्श कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले झण्डै ४० हजार जनप्रतिनिधि देशले धान्न नसक्ने बताएका हुन्।

उनले भने, ‘तीन तहको संरचना छ, भारतको एउटा प्रान्त जस्तो जनसंख्या छैन । यति धेरै जनप्रतिनिधिको संख्या छ। वडा सदस्यदेखि लिएर राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन, पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई समेत जनताको कर र विदेशीसँग ऋण लिएर तलबभत्ता खुवाएर पाल्नु परेको छ। यस्तो व्यवस्थालाई देशको अर्थतन्त्रले धान्न सक्दैन।’

उनले राज्य संरचना, निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने बताएका छन्। देशमा भ्रष्टाचार भए पनि अख्तियार, अदालत सबैतिर पार्टीको कार्यकर्ता भर्ती केन्द्र भएकै कारणले रोक्न नसक्ने उनको भनाइ छ।

अध्यक्ष लिङदेनले भने, ‘अख्तियारमा नेताले नियुक्ति गरेका मान्छे हुन्छन्, न्यायाधीश पनि नेताहरूले भागबण्डा गर्छन्, जिल्लाको न्यायाधीशको अगाडि राम्रो बहस गर्न जानेको हुँदैन, एउटा पार्टी पक्रेर सर्वोच्चको न्यायाधीश भइदिन्छ। अनि त्यो न्यायाधीशले आफूलाई नियुक्ति गर्नसक्दैन। त्यसैले नेता र व्यवस्था नै परिवर्तन गर्नुपर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *