मेचीनगर, ७ असार–मेचीनगरको धुलाबारीस्थित पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औँ बार्षिकोत्सवको अवसरमा आज (शनिबार) ‘खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगता सम्पन्न गरेको छ ।

आजको बचत नै भविष्यको सुरक्षा हो’ भन्ने नाराका साथ पूर्वीद्धार बचत तथा ऋण सहकारी संस्थाले खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । सो प्रतियोगितामा मेचीनगर–१० का शिव सुवेदी प्रथम भएका छन् ।

प्रतियोगितामा प्रथम शिब सुवेदी, दोस्रो र तेस्रो मेचीनगर–१४ कै अनुजा रायमाझी र नम्रता खड्का भएका थिए । विजेता उनीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा शारदा शर्मा घिमिरे, मोहन काजी र ज्ञानेन्द्र निरौला रहेका थिए । निर्णायक मण्डलले प्राप्त गरेको भिडियोहरू मध्येबाट भ्युज, सेयर र लाइकको आधारमा ५० अंक र प्रतियोगीको प्रस्तुतिको आधारमा ५० अंक गरी कुल १०० प्राप्ताङ्कको आधारमा मूल्याङ्कन गरी नतिजा घोषणा गरेको थियो ।

विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा संस्थाका पूर्वअध्यक्ष चेतराज विष्ट चिेतन०, निर्णायक समिति सदस्य शारदा शर्मा घिमिरे, संस्थाका लेखा समिति संयोजक गोपालबहादुर राउत, वाल सुबोधिनी मावि मेचीनगर–१४ का प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पूर्वीद्वार साकोसका अध्यक्ष वीपी भट्टराईले सहकारीप्रति जनताको नकरात्मक भावनालाई चिर्न पनि अब सहकारी अभियन्ताहरुले सामाजिक सञ्जाल र प्रविधिबाट सकारात्मक सन्देश दिँदै जानु पर्नेमा जोड दिएका थिए ।

पूर्वीद्वार साकोसका अध्यक्ष वीपी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मणि खतिवडाले र सञ्चालन व्यवस्थापक प्रल्हाद खड्काले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *