काठमाडौं, ८ असार–विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ।
शुक्रबारको तुलनामा आज (शनिबार) बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ भने र चाँदी रु १० ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल दुई हजार १६० निर्धारण भएको छ।
शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० र चाँदी दुई हजार १५० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
