काठमाडौं, १० असार–मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालेले जापानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो।

जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४।२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।

मंगलबार बिहान भएको खेलमा नेपालकमा लागि प्रसिद्ध जैसी ३३ र शिवांश बजगाईं ३८ रनमा अविजित रहे। प्रसिद्धले ३७ बलमा ३ चौका प्रहार गरे। शिवांशले ४२ बलमा ७ चौका हाने। अर्का ओपनर जय थापा १ रनमा क्याच आउट भए।

दोस्रो विकेटका लागि ओपनर प्रसिद्ध जैसी र विकेट किपर शिवांश बजगाईंले ६९ बलमा ७६ रनको अविजित साझेदारी गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *