काठमाडौं, १० असार–जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पर्वत, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहादी गाउँपालिका-६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
गुल्मी, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईश्मा गाउँपालिका(३ बस्ने ३६ वर्षीय गोर बहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
गोर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
