दमक, १२ असार–विद्युत आपूर्ति प्रणालीमा देखिएका लापरवाही, अनियमितता र अब्यवस्थित भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने मागसहित नेकपा (एकीकृत समाजवादी) झापाले विद्युत प्राधिकारणका शाखा कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ ।

नागरिकले विद्युत प्राधिकरणबाट पाइरहेको सेवा र समस्याप्रति एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी झापाले जिल्लाका पाँच स्थानमा रहेको विद्युत प्राधिकरण शाखा कार्यालयमा पाँच बुदे मागहरुसहित ज्ञापनपत्र बुझाएको हो ।

बिहिबार, नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले दमक, भद्रपुर, बिर्तामोड र धुलाबारीसहित शनिअर्नुनस्थित नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयहरुमा एक साथ सो ज्ञापन पत्र बुझाइएको पार्टी प्रचार विभाग प्रमुख अनिलदेब राईले जानकारी गराए ।

दमकस्थित विद्युत प्राधिकरण कार्यालयमा जिल्ला कमिटी झापाका उपसचिव होमबहादुर बरालको नेतृत्वमा दमक नगर कमिटी अध्यक्ष हरिप्रसाद नेपाल, गौरादह नगर कमिटी अध्यक्ष नारायणसिंह राजवंशी, जिल्ला कमिटी सदस्य पदम कट्टेल, नारायण अधिकारी, तीर्थ नेपाल र अनिलदेब राईसहितको टोलीले सो ज्ञापन पत्र बुझाएका थिए ।

विद्युत प्राधिकरण दमक शाखा कार्यालयका निमित्त प्रमुख शशिकान्त तिवारीलाई ज्ञापनपत्र बुझाउनुअघि उपसचिव बरालले यतिवेला किसानहरुले विद्युत मार्फत खेतबारीमा सिचाई गरेर धान रोप्नुपर्ने अवस्थामा विद्युत आपुर्ति अनियमितता र अब्यवस्थित हुँदा ठूलो समस्या भोग्नुपरिरहेको स्मरण गर्नुभयो ।

नेता बरालले आमकृषकहरुसहित विद्युतीय माध्यमद्धारा व्यापार–व्यवसाय गर्नेहरु र आम उपभोक्ताहरुले विद्युत वितरणमा देखिएको समस्याले पीििडत हुनु परिरहेको स्मरण गराउनुभयो ।

सो क्रममा निमित्त कार्यालय प्रमुख तिवारीले विद्युत प्राधिकरणले सेवाग्राही र उपभोक्तहरुले पाउने सेवा र सुविधाका लागि विद्युत प्राधिकरण कार्यालय २४ घण्टा अनवरत काम गरिरहेको बताउनुभयो । तिवारीले विद्यतु वितरणमा कार्यालयले अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको र कुनै घटना–दुर्घट्ना वा प्राविधिक समस्याहरुबाहेक विद्युत वितरणलाई नरोकिएको जानकारी दिनुभयो ।

स्थानीय चौक बजार र व्यवसायीक क्षेत्रमा बढ्दो क्षमताभारका कारण कतिपय ट्रान्सफरमरमा फूयुज जानेबाहेक अरु समस्या छैनन्, तिवारीले स्मष्ट पार्नुभयो । वहाँका अनुसार विद्युत वितरण भएका स्थानहरुमा रुखहरुका कारण समस्या हुने, स्थानीय पालिकाहरुसंगको सहकार्यमा रुखहरुलाई व्यवस्थित गरिएको र केही स्थानहरुमा थप रुखविरुवाहरुलाई हटाउने कार्य सम्पन्न गरिनेछ ।

त्यस्तैं, भद्रपुरस्थित विद्युत प्राधिकरणमा जिल्ला कमिटी सचिव सानुकमार लामासहित भद्रपुर नगर कमिटी अध्यक्ष पदम लिम्बू, प्रदेश कमिटी सदस्य मदन खतिवडा, मोहन ढकालसहितको टोलीले ज्ञापन पत्र बुझाउनुभएको छ ।

बिर्तामोडस्थित विद्युत प्राधिकरण अनारमुनी शाखा कार्यालयमा बिर्तामोड नगर अध्यक्ष तथा प्रदेश कमिटी सदस्य श्री सिटौलासहित जिल्ला कमिटी झापाकी उपाध्यक्ष सरस्वती सुब्बा, उपसचिव श्री मिश्रलगायतका एक दर्जन नेताहरुको टोलीले ज्ञापनपत्र बुझाउनुभएको छ ।

शनिअर्जुनस्थित विद्युत प्राधिकरण शनिश्चरे शाखा कार्यालयमा एकीकृत समाजवादी झापाका नेता बासु दुलालसहितको टोलीले ज्ञापनपत्र बुझाउनुभएको छ ।

मेचीनगरस्थित विद्युत प्राधिकरण धुलाबारी शाखामा जिल्ला कमिटी झापाका अध्यक्ष वीपि भट्टराईको नेतृत्वमा सो ज्ञापनपत्र बmुझाइएको छ ।

सो ज्ञापनपत्रमा दिनहुँ पटक–पटक विद्युत जानु, भोल्टेजमा समस्याका कारण विद्युतीय उपकरणहरु बिग्रनु वा क्षति हुनु, विद्युत नियमित नभएर अघोषित ढंङ्गले कटौटी भइरहेकोले त्यसलाई सुधार्न माग गरिएको छ ।

त्यस्तैं, अनियमित विद्युत आपूर्ति तत्काल सुधार गर्नुपर्ने, विद्युत वितरण प्रणाली, ट्रान्सफर्मर, लाइन सुधारका योजनाहरु तत्काल गर्नुपर्ने, जिम्मेवार प्राविधिक तथा प्रशासनिक टोलीलाई स्थानीय तहसंग समन्वयमा परिचालन गर्न र नियमित जनसुनुवाई र समस्याहरुमा तुरुन्त प्रतिक्रिया दिने सुरुवात गर्न मागहरुसमेत ज्ञापनपत्रका उल्लेख गरिएको छ । यी जायज मागहरुका बारेमा झापाका विद्युत प्राधिकरणले समस्याहरुमाथि परिणामखुी योजना र कार्यक्रमहरु ल्याउन नसके एकीकृत समाजवादी झापाले आन्दोलन गर्नेसमेत ज्ञापनपत्रमा जनाएको छ ।

यसअघि, एकीकृत समाजवादी झापाले बिर्तामोडस्थित गिरीबन्धु चिया बगानको भूमि भष्ट्रचारको विषयमा सरकारलाई दबाब सिर्जना गर्न सोही स्थानमा बैठकको आयोजना गरिएको थियो भने केही दिन अघि मात्रै दमकस्थित भुटानी शरणार्थी शिविरमा क्षेत्रीय स्तरको भेलाको आयोजना गरेर नेपालीहरुलाई नक्कली परिचयपत्र बनाएर लाखौ लाख रुपैया लिएर मानव तस्कर गरेको घटनाप्रती सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *