दमक, १२ असार–खुसि–खुस्बु सीप विकास तालिम केन्द्रले आज कमल गाउँपालिका वडाँ नम्बर ५ पाडाजुँङ्गीस्थित शसस्त्र प्रहरी बल पाथिभरा गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविरसहित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दमकमा व्यवसायीक सीप तथा तालिम सञ्चालन गर्दैआइरहेको खुसि-खुस्बु सीप विकास तालिम केन्द्रले शसस्त्र प्रहरीहरुका लागि निःशुल्क स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत खुशी–खुस्बु सीप विकास तालिम केन्द्रले देशका विभिन्न जिल्लाहरुबाट पाभिभरा गण जवान शिक्षालयमा कार्यरत शसस्त्र प्रहरीका आँखा तथा दाँतसम्बन्धि समस्याका बारेमा उपचार र परामर्श उपलब्ध गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको सञ्चालिका जमुना निरौला अधिकारीले बताईन् ।

एक दिवसीय स्वास्थ्य शिविरमा दमकस्थित डेन्टल क्लिनिक र आँखा अस्पतालका वरिष्ठ विशेषज्ञाहरुको टोलीले सेवा दिएका थिए । त्यस्तैं, रक्तदान कार्यक्रममा दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा रक्तसंचार विभागले प्राविधिक सहयोग पुर्याएका थिए ।

शिविर सञ्चालन हुनुअघि कार्यक्रमको उदेश्य र औचित्यमाथि खुशि,–खुस्बु सीप विकास तालिम केन्द्रकी सञ्चालिका जमुना निरौला अधिकारीले शब्द चित्र प्रस्तुत गरेकी थिईन् । उनले तालिम केन्द्रले विभिन्न जिल्लाहरुमा स्थानीय तहसंगको सहकार्यमा महिलाहरुलाई लक्षित गरेर आय–आम्दानीतर्फ तालिमहरु प्रदान गर्दैआइरहेको बताईन् ।

त्यस्तैं, सोही कार्यक्रममा पाथिभरा गण जवान शिक्षालय र नम्बर ३८ गण हेडक्वाटर लखनपुरका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक राजेश उप्रेती र सशस्त्र प्रहरी उपरिक्षक निरन्जन भण्डारी र रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहालले समेत शुभकामना तथा धन्यवाद व्यक्त गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *