दमक, १९ असार–झापाको शिबसताक्षीमा साथीबीच कुटाकुट हुँदा दुई युवकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एकसाता अघि असार ११ गते कुटपिट भएको थियो। साथीको कुटपिटलेदुवै घाइते भएका थिए । उपचारको क्रममा शनिबार थापाको र बुधबार तामाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ । सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
