काठमाडौं, २६ असार–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो समूहमा आबद्ध नेताहरूको बैठक बोलाएका छन् । बैठक आज (बिहिबार) बिहान ८ बजेदेखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।
नेपाली कांग्रेसको अनुशासन समितिले हिजो डेढ दर्जन नेता–कार्यककर्तालाई कारवाही गरेको थियो । यसमा अधिकांश नेता–कार्यकर्ता शेखर कोइराला पक्षका रहेका छन् ।
वहुमतका आधारमा आफू पक्षीय नेता–कार्यकर्तालाई पार्टीबाट निष्काशनसम्मको कारवाही गरिएको भन्दै नेता कोइराला असन्तुष्ट छन् ।

