काठमाडौं, २६ असार–फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब विश्वकपको फाइनलमा पुगेको छ।

गएराति स्पेनिस क्लब रियल मड्रिडलाई हराउँदै पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो।

मेटलाइफ स्टेडियममा पिएसजीले रियलविरूद्ध ४(० को जित निकालेको थियो।

त्यस क्रममा फेबियन रूइजले दुई गोल गरे। ओसमाने डेम्बेले र गोन्सालो रामोसले एक(एक गोल गरे।

रूइजले ६ मिनेटमा पहिलो गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाए। त्यसको तीन मिनेटमै डेम्बेलेले अग्रता दोब्बर पारे।

२४ मिनेटमा पुन रूइजले गोल गर्दा पिएसजीलाई पहिलो हाफमा ३(० गोलको को बलियो अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हाफको ८७ मिनेटमा रामोसले गोल गरेपछि पिएसजी ४(० को नतिजासहित फाइनल पुगेको हो।

उसले अब उपाधिका लागि इङ्लिस क्लव चेल्सीसँग खेल्नेछ।

चेल्सी ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई पराजित गर्दै चेल्सी फाइनलमा पुगेको थियो।

चेल्सी र पिएसजीबीच सोमबार उपाधि भिडन्त हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *