काठमाडौँ, २६ असार–प्रतिनिधिसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले देश नबन्नुमा भ्रष्टचार मात्रै हो त ? भनेर प्रश्न गर्नुभएको छ।
बुधबार संसदमा बोल्दै सांसद चौधरीले यस्तो प्रश्न गर्नुभएको हो। उहाँले अगाडि भन्नुभयो, ‘आज जनताको मुखमा एउटा प्रश्न झुण्डिरहेको छ, देश किन बनेन भन्ने प्रश्न। जवाफमा भ्रष्टचारका कारण बनेन भन्ने जवाफ आउछ। के साच्चै देश नबन्नुमा भष्टचार मात्रै बाधक छ ? अहँ होइन। हामीले अपनाएका नीति र बहुदलपछि गरिएका अभ्यासका कारण देश नबनेको हो।’
एकीकृत समाजवादी पार्टीका उपमहासचिव चौधरीले भन्नुभयो, ‘अदालतमा भागवण्डका आधारमा न्यायधीश नियुक्त गरिन्छ। अख्तियारमा त्यस्तै गरिन्छ। कुनै योग्यता र क्षमताको सिमा छैन। यसरी राज्य सञ्चालन गर्दा कसरी न्यायिक काम हुन्छन्रु यसरी सुशासनको विषय त लाखौ कोश परको विषय बन्न जान्छ। त्यसैले असंवैधानिक नियुक्तिहरू संवैधानिक तवरले खारेज गरौँ। अन्यथा घाटी सुक्नेगरी सुशासनको नारा लगाउदैमा केही हुनुवाला छैन।’

