फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, २७ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताउनु भएको छ।

आज (शुक्रबार) काठमाडौँमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताउनु भएको छ।

आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उहाँको भनाई छ। अध्यक्ष नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको धारणा राख्नुभयो।

नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढङ्गले मुद्दा चलाइएको उहाँको दाबी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *