काठमाडौं, ३१ असार–नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका स्टार मिडफिल्डर लाकेन लिम्बु कम्बोडियन प्रिमियर लिग क्लब किरिभोङ सोक सेन छे फुटबल क्लबमा आधिकारिक रुपमा आवद्ध भएका छन् ।

क्लबले लाकेनलाई अनुबन्ध गरेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत पुष्टी गरेको छ । विदेशी लिगमा लाकेनको यो दोस्रो क्लब समेत हो । यसअघि लाकेनले भारतको आई लिगमा दिल्ली फुटबल क्लबका लागि खेलेका थिए ।

घरेलु फुटबलमा गत सिजनको नेपाल सुपर लिग झापा एफसीबाट खेलेका लाकेनले त्यसबाहेक चर्च ब्वाईज युनाइटेड, थ्रीस्टार क्लबहरुबाट समेत व्यवसायीक फुटबल खेले ।

विदेशी कलबमा आवद्ध भएसँगै लाकेनले त्यहाँ खेलेको अनुभवले राष्ट्रिय टोलीमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा र विश्वस लिइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *