काठमाडौँ, २ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्।
नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे। उनले कम्युनिष्टहरू बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको बताए।
उनले बिग्रिएकाहरूले आफूले गरेको गल्तीको महशुस गरेर सच्चिन र सुध्रिन जरुरी रहेको बताए। आफूहरू कसैप्रति आग्रह पालेर नबस्ने पनि स्पष्ट पारे।

