काठमाडौं, ३ साउन–दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानमाथि ८(० गोलको जित निकालेको हो।

यसअघि भुटानसँगको पहिलो खेलमा नेपाल ६(१ ले विजयी भएको थियो।

आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।

‍नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७(० गोलले विजयी भएको थियो।

आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३(२ गोलले हारेको थियो।

नेपालले खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ।

नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । ३ खेल खेलेको घरेलु बंगलादेशको ९ अंक छ ।

लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *