प्रकाश ज्वाला

काठमाडौँ, १२ साृउन–नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूमि सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ।

आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै नेकपा (एकीकृ समाजवादी) का उपाध्यक्ष समेत रहनुभएका प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले यस्तो बताउनु भएको हो। समितिमा आइतबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल भएको हो।

‘निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने सरकारले त्यसपछि वन क्षेत्रबाट छुटाउने। त्यसपछि वितरण गर्ने। यो तरिका हुँदै भएन, यो गम्भीर छ,’ उहाँले भन्नुभयो।

छलफलका क्रममा बोल्दै वास्तविक सुकुमबासी, भूमिहीनहरूले जग्गा पाउनुपर्ने तर भूमाफिया र दलालहरुलाई पोस्ने ढोका बन्द गर्न आग्रह गर्नुभएको छ। सकेसम्म विधेयक सरकारले फिर्ता लिनुपर्ने र नसके संशोधनहरू सम्बोधन गरिनुपर्ने बताउनु भयो।

‘वास्तविक सुकुमबासी, भूमिहीनहरूले जग्गा पाउन्, भूमाफिया र दलालहरूलाई पोस्ने ढोका बन्द गरियोस् । त्यसअनुसार भूमि सम्बन्धी विधेयक सके फिर्ता लिइयोस् । नसके संशोधनहरूलाई सम्बोधन गरियोस्,’ उहाँले भन्नुभयो।

सांसद ज्वालाले सरकारले निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने र वनक्षेत्रसँग छुटाएपछि वितरण गर्ने काम गलत भएको बताउनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *