दमक, २० साउन–झापाका एक अर्बभन्दा बढी कारोबार गर्ने ११ वटा सहकारी छन् । अर्बको कारोबार गर्ने कोशी प्रदेशमा रहेका १४ वटा सहकारीमध्ये झापामै ११ वटा छन् भने मोरङ दुई र सुनसरीमा एक वटा छ ।
ती एघार वटामध्ये पाँच वटा गत २०८२ असार मसान्तसम्मको वित्तीय कारोबार यहाँ प्रस्तुत गरिएको छ । सहकारी संस्थाहरुले जारी गरेका २०८२ असार मसान्तसम्म अपरिस्कृत विवरणका आधारमा यो सामग्री तयार परिएको छ ।
सहारा नेपाल साकोस
सहारा नेपाल साकोसले जारी गरेको आर्थिक वर्ष २०८१र८२ को असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार १ लाख ९२ हजार २४० जना सदस्य रहेका छन् ।
बाह्य ऋण शून्य रहेको संस्थाको शेयर पूँजी १ अर्ब ६९ करोड ७५ लाख २८ हजार ९०० रहेको छ । संस्थाको कुल बचत १४ अर्ब १५ करोड ७६ लाख ८७ हजार ७२७ रुपैयाँ रहेको छ भने लगानीमा रहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख ३१ हजार ५५२ रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाले ६६ हजार ३४८ जनालाई ऋण लगानी गरेको छ ।
सहारा नेपाल साकोसको जगेडा कोषमा १ अर्ब २६ करोड ३६ लाख १७ हजार ४९२ र विभिन्न कोषहरूमा ७० करोड ६६ लाख ७९ हजार ७१३ रुपैयाँ रहेको संस्थाले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । संस्थाको कुल सम्पत्ति १८ अर्ब ३३ करोड २४ लाख ३४ हजार ४१२ रुपैयाँ रहेको छ ।
एनएमसी
झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुद्देश्य सहकारी संस्था ९एनएमसी० शेयर सदस्य संख्याको हिसाबमा जिल्लाको दोस्रो ठूलो सहकारी हो । १ लाख ७८ हजार ९६१ जना शेयर सदस्य रहेको एनएमसीको शेयर पुँजी १ अर्ब ४४ करोड ९० लाख ७९ हजार ३०० रुपैयाँ रहेको छ ।
संस्थाको कुल बचत ११ अर्ब ४० करोड ९० लाख ९८ हजार ४८६ रुपैयाँ रहेको छ भने ऋण लगानी ११ अर्ब १५ करोड ७१ लाख २५ हजार ५०५ रुपैयाँ रहेको छ । कुल सम्पत्ति १५ अर्ब ३९ करोड ६९ लाख ५८ हजार ४२१ रुपैयाँ रहेको एनएमसीको कुल ऋणी संख्या १८ हजार ३२ जना रहेको छ ।
संस्थाको साधारण जगेडा कोषमा ८७ करोड ५३ लाख ८२ हजार ३८७ रुपैयाँ रहेको छ भने अन्य कोषमा २० करोड ६० लाख ८७ सय ४७९ रुपैयाँ रहेको छ ।
सिम्रिक साकोस
यस्तै, झापाको बिर्तामोड मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको २०८२ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ६९ हजार ४६९ जना शेयर सदस्य र ३५ करोड ९ लाख १५ हजार ५०० रुपैयाँ शेयर पूँजी रहेको छ ।
संस्थाको कुल बचत २ अर्ब १५ करोड २५ लाख ७९ हजार ५५३, बचत संकलन २ अर्ब १५ करोड २५ लाख ७९ हजार ५५३ रुपैयाँ र लगानीमा रहेको रकम २ अर्ब ८० करोड ४७ लाख ८६ हजार ३७८ रुपैयाँ रहेको छ भने १५ हजार ८१३ जना ऋणी सदस्य रहेका छन् ।
बासलात ३ अर्ब ३९ करोड ४५ लाख २७ हजार ५८५ रुपैयाँको रहेको सिम्रिकको जगेडा कोष ७ करोड ६९ लाख ७२ हजार ६४७ रहेको छ ।
संस्थागत पूँजी ८ करोड ५६ लाख ८ हजार ९३८ रुपैयाँ रहेको छ भने संस्थाको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा ५ करोड २५ लाख ७९ हजार ६४४ रुपैयाँ रहेको छ ।
कर्णाली साकोस
कुल शेयर सदस्य ६० हजार ७५० जना रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी ५५ करोड ८५ लाख ३८ हजार रहेको छ ।
झापामा छुट्टै पहिचान बनाएको कर्णालीको जगेडा कोष १५ करोड ९० लाख ३१ हजार ६८२, कुल बचत संकलन ३ अर्ब ४९ करोड ६८ लाख ४२ हजार ७९९, लगानीमा रहेको ऋण ३ अर्ब ८६ करोड ७८ लाख १० हजार ५५३, संस्थागत पूँजी १८ करोड १० लाख २८ हजार १६० रुपैयाँ रहेको २०८२ साल असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।
हाम्रो नेपाल साकोस
हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको २०८२ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कुल बचत १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार ५५८, लगानीमा रहेको ऋण १ अर्ब ९५ करोड १२ लाख २३ हजार ५८५ रुपैयाँ र ऋणी सदस्य ६ हजार २२५ जना रहेका छन् ।
झापा, इलाम र मोरङमा कार्यक्षेत्र रहेको हाम्रो नेपालको शेयर सदस्य ३९ हजार ११० जना रहेका छन् भने शेयर पूँजी १८ करोड ५१ हजार ७ सय रहेको छ ।
संस्थाको जगेडा कोष २ करोड १ लाख ४४ हजार ७१४ रुपैयाँ र विभिन्न कोषमा ८२ लाख ५७ हजार ३५३ रुपैयाँ रहेको छ । संस्थाको गत आर्थिक वर्षको अपरिस्कृत नाफा ९२ लाख रुपैयाँ रहेको छ ।
