काठमाडौं, २२ साउन–मकवानपुरकी न्यायाधीश अवनी, कानुन व्यवसायीहरू शर्मिला र निशा।मकवानपुरकी न्यायाधीश अवनी, कानुन व्यवसायीहरू शर्मिला र निशा।
त्बतब दयह ज्ञ
न्याय परिषदले उच्च अदालतमा तीन जना महिला न्यायाधीश सिफारिस गरेको छ।

बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले २७ जनालाई न्यायाधीशमा सिफारिस गरेको हो। त्यसमध्ये तीन जना महिला छन्।

परिषदले जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवानी मैनाली भट्टराईलाई उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको हो। उनी नियुक्ति भएसँगै उच्च अदालत पाटनमा पदस्थापन हुनेछिन्।

त्यस्तै कानून व्यवसायी तर्फबाट शर्मिला थापा विष्ट र निशा बानियाँ पनि उच्च अदालतमा न्यायाधीशका लागि सिफारिस भएका छन्।

शर्मिलालाई उच्च अदालत पाटनको हेटौंडा इजालास र निशालाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सिफारिस गरिएको छ।

न्याय परिषदले १६ जना जिल्ला अदालतका न्यायाधीश उच्च अदालतमा सिफारिस भएका छन्।

कर्मचारीतर्फबाट चार जना, ६ जना कानून व्यवासयी र एक जना सरकारी वकिल पनि सिफारिसमा परेका छन्।

परिषदका सचिव यमबहादुर बुढामगर, सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अच्युत कुइँकेल, उच्च सरकारी वकिलको कार्यालय पाटनका सहन्यायाधिवक्ता शंकर खत्री लगायत पनि सिफारिसमा परेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *