दमक, २४ साउन–झापाको दमकलाई कार्यक्षेत्र बनाएर व्यवसायीक पत्रकारितामा सक्रिय पत्रकार सुजना गौतम आज दमकमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ ।

पत्रकार गौतमलाई राप्रपा अध्यक्ष एबम् पूर्व मन्त्री राजेन्द्र लिङदेनले खादा ओढाउनका साथै अविर लगाएर पार्टीमा स्वागतसहित प्रवेश गराउनुभएको थियो । पत्रकार गौतम नेकपा (एमाले) निकट पत्रकारहरुको छाता संगठन प्रेष चौतारी नेपालका क्रियाशिल सदस्य हुन् ।

दमकबाट सञ्चालित हिमशिखर टेलिभिजनमा लामोसमय काम गरिसकेका पत्रकार गौतमले दमकबाटै मल्टि मिडिया डटकम डिजिटल पत्रिका सञ्चालनमा ल्याएका छन् । उनी समाचार लेखन, सम्पादन र भिडियो निर्माणमा अनुभवी हुन् ।

आज (शनिबार) दमकस्थित पशुपती मन्दिरमा राप्रपा दमक नगर समितिको ११औं  नगर अधिवेशनको उद्घाटन समारोहमा पत्रकार गौतमसहित एमाले, कांग्रेस र माओवादी पार्टी परित्याग गर्दै दुईसय बढी राप्रपामा प्रवेश गरेका छन् ।

तेह्रथमुमा जन्मिएका पत्रकार गौतम दमक बहुमुखी क्याम्पसमा डिप्लोमा तहमा अध्ययनसंगै पत्रकारितामा क्रियाशिल छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *