काठमाडौं, २५ साउन–नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक सारेको छ।

महासचिव घनश्याम भुसालले आज (आइतबार) पार्टीका सदस्यहरूलाई तीन वटै बैठकको मिति परिवर्तन भएको जानकारी गराएका हुन्।

उनले चाडपर्वका कारणले सारिएको बताएका छन्।

स्थायी कमिटीको बैठक भदौ २५ गते, पोलिटब्युरोको भदौ २६ गते र केन्द्रीय कमिटीको बैठक भदौ २७ र २८ गते बस्ने गरी सारिएको हो।

सबै बैठक बिहान ११ बजे बस्नेगरी तय गरिएको छ। स्थायी कमिटी र पोलिटब्युरोको बैठक पार्टी केन्द्रीय कार्यालयमा गर्ने तय भएको भुसालले बताएका छन्। केन्द्रीय कमिटीको स्थान भने पछि तोक्ने तयारी छ।

यसअघि आगामी स्थायी कमिटी बैठक भदौ ४ गते, पोलिटब्युरो भदौ ५ गते र केन्द्रीय कमिटी बैठक भदौ ८ गते बस्ने तयारी थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *