दमक, २५ साउन–३१औ विश्व आदिवासी दिवसका अवसर पारेर झापाको कमल गाउँपालिकामा आज (आइतवार) रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
दमकस्थित नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको छ ।
कमल–३ केर्खा वजारमा आयोजना गरिएको रक्तदानमा १४ महिलासहित ४० जनाले रगतदान गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ कमल गाउँ समन्वय परिषद (नेफिन) को आयोजनामा भएको रक्तदानमा महासंघ कमलका अध्यक्ष बदी साम्पाङ राईसहित महासंघका सदस्यहरु, सर्वसाधारण, प्रहरीहरु लगायतले दिएका थिए ।
कमल गाउँपलिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।
यसैगरि, महासंघले दिवसका सन्दर्भ पारेर शनिवार कमल–५ स्थित पाडाजुंगीमा साँझ दिपप्रज्जवलन गरिएको थियो ।
पालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता तथा किरात राई यायोक्खा कोशी प्रदेश अध्यक्ष पारषमणि राई, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सीना लगायत नेफिनका पदाधिकारी, सदस्यहरु, विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहको सहभागिता रहेको थियो ।
