दमक, ३० साउन–कमल गाउँपालिका–२ भुत्लुङस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरुलाई निःशुल्क दन्त शिविर आयोजना गरिएको छ।
क्याम्पास्थित वडा कार्यालय कमल–२ को आयोजना, कमल नगर अस्पतालको समन्वय र दमक थुलुङ डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा दात तथा मुखसम्बन्धि एक दिने निःशुल्क शिविर आयोजना गरिएको हो ।
ज्याति माध्यमिक विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत सम्पूर्ण विद्यार्थीहरु, अभिभावकहरु शिक्षक तथा शिक्षिकाहरू र कर्मचारीहरुको दन्त परीक्षण तथा परामर्श गर्नुको साथै औषधी वितरण गरिएको थियो।
सो शिविरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक खड्का, कमल–२ का वडा सदस्य महेन्द्र खत्री, विद्यालयका सहायक प्रधानध्यापक नारायण बस्नेत, कमल नगर अस्पतालका प्रमुख दीपक दाहालको उपस्थिति थियो ।
दमक थुलुङ डेन्टल क्लिनिककी सञ्चालक एबम् दन्त रोग विशेषज्ञ डा सोफिया थुलुङ राई, डा हाङमा माखिम लिम्बू, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशीसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए ।
शिविरमा २७७ जनाले दात र मुखसम्बन्धिका समस्याका बारेमा सेवा लिएका थिए ।
यसअघि, दमक थुलुङ डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा कमल–२ भित्र रहेका कमला मदन आश्रित माध्यमिक विद्यालय, पाथिभरा अंग्रेजी माध्यमिक विद्यालय, विद्योदय माध्यमिक विद्यालयसहित आज ज्योति माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
कमल नगर अस्पतालका प्रमुख दीपक दाहालका अनृुसार आगामी दिनमा कमल–२ समयगढस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न गरिनेछ ।
अस्पताल प्रमुख दाहालले पछिल्लोसमय नानी बाबूहरुमा दात र मुखसम्बन्धि समस्याहरु बढ्दो अवस्थामा देखिएकोले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताए ।
