धरमपुर, ७ भदौं–खेलकुदको माध्यमद्धारा समाजमा सकारात्मक कार्य गर्न स्थापना भएको शिबसताक्षी भेट्रान फुटबल क्लबले आज धरमपुरमा हरितालिका तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार शिबसताक्षी–१ धरमपुरस्थित मिनी पार्कमा आयोजित तीज मिलन कार्यक्रममा तीन सयबढी स्थानीय आमा दिदीबहिनीहरुको सहभागिता थियो । सो अवसरमा शिबसताक्षी भेट्रान फुटबल क्लबले सामुहिक दरसमेत खुवाएका थिए ।
त्यस्तैं, कार्यक्रममा हिन्दु धर्म र संस्कृति झल्कने पोशाकमा सजिएका आमा दिदीबहिनीहरुले तीजसम्बन्धि गीतहरुमा छमछम नाचेका थिए । उनीहरु छमछम नाचेरै खुशीयाली साटासाट गरेका थिए । हरितालिका तीजको शुभकामना र शुभेच्छाहरु आदानप्रदान गरेका थिए ।

धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष लीलाबहादु (कुमार) जोशीको अध्यक्षतामा र प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा शिबसताक्षी नगर भेट्रान फुटबल क्लबका सचिव गणेश प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तीज मिलन कार्यक्रममा धरमपुरका सामाजिक तथा राजनीतिक व्याक्तित्व चन्द्रवीर नेम्बाङ, व्यवसायी मोहन सेनचुउरी, युवा नेता ज्ञानुहाङ शेर्मा लिम्बू, सहकारीकर्मी कुमार शंकर, सहकारीकर्मी आशिष घिमिरे, भेट्रान खेलाडी देबराज राई, भेट्रान खेलाडी साजन एभेङ लिम्बू, दीपकुमार श्रेष्ठ, माधव भण्डारी, देउमान चेम्जोङ, प्रेम पोख्रेल लगायतको उपस्थिति थियो ।

धरमपुर बजार व्यवस्थापन समितिका सचिव मनकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा शिबसताक्षी नगर भेट्रान फुटबल क्लबका सचिव गणेश प्रधानले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा आयोजक संंस्थाको तर्फबाट अध्यक्ष जोशीले हरितालिका तीज मिलन कार्यक्रमका लागि आर्थिक तथा भौतिक सहयोग जुटाउन सहयोगीहरुको नाम बाचनसहित धन्यवाद व्यक्त गर्नुभएको थियो ।

