दमक, २३ भदौ–सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिक साधारणसभा आजदेखि शुभारम्भ गरेको छ ।
दमक–६ मा अवस्थित सूर्यदर्शन सहकारी संस्थाले १६औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुका साथै इकाईगत वार्षिक साधारणसभा शुभारम्भ गरेको हो । भदौ २३ गते सोमबारदेखि शुभारम्भ गरिएको वार्षिक साधारणसभा २६ गते विहिबारसम्म सञ्चालन हुने भएको छ ।
सञ्चालक समितिका अध्यक्ष टीकाराज सापकोटाको अध्यक्षतामा र जिल्ला सहकारी संघ झापा अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा १६औं वार्षिक साधारणसभाको उद्घाटन गरिएको हो ।
वार्षिक साधारणसभाको उद्घाटन सत्रमा सूर्यदर्शन सहकारी संस्थाका सदस्यहरुका सन्ततीबाट उत्कृष्ट अङ्क ल्याएर इसइई (माध्यमिक शिक्षा परीक्षा) र कक्षा ११ १२ (प्लसटु) उर्तिण हुने विद्यार्थीहरुसहित एक दर्जन कर्मचारीहरुलाई विभिन्न शिर्षकमा सम्मान गरिएको छ ।
दमकस्थित सूर्यदर्शन सहकारी संस्थाको आफ्नै निजी भवनमा आयोजित १६औं वार्षिक साधारणसभामा लाइफ टाईम एचिभमेन्ट अवार्ड २०८२ बाट कर्जा विभाग प्रमुम इश्वर नेपाल पुरस्कृत हुनुभएको छ ।
संस्थाको व्यवस्थापन समुहतर्फ कर्जा विभाग प्रमुखमा कार्यरत नेपाललाई नगद २५ हजार ५ सय ५५ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।
त्यस्तैं, सोही समारोहमा स्टाफ आफ ईयर कर्मचारीबाट लक्ष्मण गुरागाई पुरस्कृत हुनुभएको छ । गुरागाईलाई रु १५ हजार ५ सय ५५ र सम्मापत्र प्रदान गरिएको छ । संस्थामा जेष्ठ कर्मचारी गोपाल प्रसाद पौडेलाई रु १५ हजार ५ सय ५५ सहित दीर्घ सेवा कर्मचारी सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।
वार्षिक साधारणसभामा नियमित कर्मचारी सम्मानबाट अर्जुन खतिवडा, लक्ष्मिप्रसाद तिम्सिना, सन्तोष भण्डारी, भीमप्रसाद गौतम र तिलक बहाद् बस्नेतलाई जनही ११ हजार १ सय ११ रुपँयासहित सम्मानपत्र प्रदान गरिएको छ ।
त्यस्तैं, सूर्यदर्शन सहकारी संस्थामा कार्यरत कर्मचारीहरुबीच कुशल कर्मचारीहरु मेघराज आचार्य, करुणा खड्का र गंगाप्रसाद दाहाललाई जनही नगद १३ हजार ५ सय ५५ र प्रमाणपत्र प्रदान गरिएको छ ।
संस्थाका शेयर सदस्यका छोराछोरीहरुलाई शैक्षिक प्रोत्साहन गर्न सूर्यदर्शन सहकारी संस्थाले नगदसहित सम्मानपत्रले वार्षिक साधारणसभामा सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा कमल गाउँपालिकाकी बिनाकुमारी विश्वकर्म (स्मारिका माध्यमिक विद्यालय), दमक–१ का प्रनिस लामिछाने (चुलाचुली माध्यमिक विद्यालय) र परिना खत्री (हिमालय माध्यमिक विद्यालय दमक–२) छन् ।
वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष टीकाराज सापकोटा र लेखा सुपरिवेक्षण समितिका संयोजक डिल्लीराम मुखियाले आर्थिक वर्ष २०८१/०८२ का आ–आफ्नै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष सापकोटाले आर्थिक मन्दीको अवस्था र बैंक था बित्तिय संस्थाहरुको संख्यात्मक बृद्धिमासमेत सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०९१/०८२ मा रु १ करोड १४ लाख ९५ हजार ३ सय ५२ रुपैयाँ ५८ पैसा आर्जन गर्न सफल भएको बताउनुभयो । ह्रासकट्टी, कर्जा सुरक्षण कोष र आयकर व्यवस्था अघिको यो खुद बचत (आर्जन) हो ।
संस्थाको कुल कारोबार रु २ अर्व १८ करोड ३८ लाख ९५ हजार ५ सय ६८ पैसा रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । यो कारोबार ०८२ असार मसान्तसम्मको हो ।
संस्थामा असार मसान्तसम्मको शेयर पुँजी १२, २४,२०,९०० छ । जगेडा तथा कोषतर्फ १२,८०,८९,०९१, बचत निक्षेप १,६९,४३,५७,२०३ छ भने कर्जा लगानीमा १,६३,६१,९६,७००, तरल सम्पतितर्फ २३,९१,९४,०९२ र कुल सम्पतिमा २,१८,३८,९८,५२८.६८ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वार्षिक साधारणसभामा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्की, सूर्यदर्शन सहकारी संस्थाका सञ्चालक समिति सचिव कमल नेपाल, सञ्चालक समिति सदस्य गोविन्द सेनेहाङ, प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारी, लेखा सुपरिवेक्षण समितिका सदस्य खगेन्द्र नेपाल, लेखा विभाग प्रमुख होम प्रसाद श्रेष्ठ लगायतको उपस्थिति थियो । वार्षिक साधारणसभाको सहजिकरण बजार विभाग प्रमुख राजकुमार खड्काले गर्नुभएको थियो ।
सूर्यदर्शन सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा इकाईगत पहिलो दिन (२३ भदौं) दमक वार्ड नम्बर ४, ८ र ९ , दोस्रो दिन (२४ भदौं) दमक वार्ड नम्बर ५ र १०, तेस्रो दिन (२५ भदौ) दमक वार्ड नम्बर १, ५ र ७ र चौथो दिन (२६ भदौ) दमक वार्ड नम्बर २, ३ र कमल गाउँपालिकासहित अन्य छिमेकी पालिकाहरुका शेयर सदस्यहरुबीच इकाईगत वार्षिक साधारणसभा हुने सञ्चालक समिति सचिव कमल नेपालले जानकारी दिनुभयो ।