काठमाडौँ, २४ भदौ–अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् । जेनजीको आन्दोलनमा प्रहरीले गरेको दमनमा १९ युवाको ज्यान गएको भोलिपल्टकरिश्माले आफूले राजनीतिक दल छाडेको घोषणा गरेकी हुन् ।
सामाजिक सञ्जालमार्पत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको बताएकी छिन्। ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो। तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु’, उनले लेखेकी छिन्।
करिश्मा केही वर्षअघि एमालेमा प्रवेश गरेकी थिइन्।