काठमाडौँ, ३० भदौ–नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेका छन्।

उनले पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणलाई उक्त निर्देशन दिने निर्णय गरेका हुन्। उनले आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए। तत्कालीन सरकारले यसमा रोकावट थियो।

यस्तै उनले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।

सोमवार सिंहदरबारमा सम्बन्धित मन्त्रालयका कर्मचारीहरूसँगको छलफलमा उनले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन आफू कटिबद्ध रहेकोसमेत बताए।

उनले विगतका कमजोरीलाई नदोहोर्‍याउन आग्रह गर्दै जिम्मेवारी लिने संस्कृतिको विकास गर्नसमेत सबैलाई आग्रह गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *