नेत्ररोग विशेषज्ञ डा रुइत

काठमाडौं, ३१ भदौ–प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा.सन्दुक रूइतलाई भेटेकी छन्।

मंगलबार बिहान प्रधानमन्त्री कार्कीले डा.रूइतसँग भेटेर कुराकानी गरेकी हुन्।

उनीहरूबीच के विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्कीले बताएकी छैनन्। तिलगंगा आँखा प्रतिष्ठानअघि पत्रकारहरूले प्रधानमन्त्री कार्कीलाई के विषयमा कुराकानी भएको हो भनेर सोधेका थिए।

प्रधानमन्त्री कार्कीले केही जबाफ नदिएपछि पत्रकारहरूले डा.रूइतसँग बुझेका थिए। विज्ञहरूलाई प्रधानमन्त्री कार्कीले मन्त्री बनाइरहेकी छन्।

यसै सन्दर्भमा पत्रकारहरूले डा.रूइतलाई मन्त्री हुन जाने हो भनेर सोधेका थिए। जबाफमा डा.रूइतले भने, ‘यत्रो छ यहाँ (आँखा अस्पतालमा)ं काम छाडेर आउने ? बिरामीलाई छाडेर आउँदैन।’

प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला डा.रूइतलाई भेटेकी हुन्। अहिले चार सदस्यको मन्त्रिमण्डल बनिसकेको छ। कार्की नेतृत्वको सरकारले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *