बिर्तामोड, ३ असोज–नेकपा (एकीकृत समाजवादी) झापाले संविधान दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडस्थित एकीकृत समाजवादी पार्टीको जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा बक्ताहरुले संविधान रक्षाका लागि राजनीतिक दलहरु र संचेत नागरिकहरुले खबरदारी गर्न जरुरी रहेको औल्याए ।

जिल्ला कमिटी झापाका अध्यक्ष बिशेश्वरप्रसाद (बीपी) भट्टराईको अध्यक्षतामा र केन्द्रीय सदस्य एबम् झापा सहइ्रन्चार्ज चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा एकीकृत समाजवादी झापाका निर्वतमान अध्यक्ष बेदराज रेग्मीले मुलुकमा पटक पटकको आन्दोलनले ६ पटक संविधान जारी भएको र त्यसैको बलबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र हासिल गर्न सफल भएको बताउनुभयो ।

वहाँले पछिल्लोसमय जेन–जी पुस्ताले गरेको बलिदानीपूर्ण आन्दोलनले लामो समयदेखि चलिआएको सत्तामुखी र शक्ति केन्द्रीत नेपालका ठूला राजनीतिक दलहरुलाई बहिर्गमन गराउन सफल भएको बताउनुभयो ।

पार्टीका प्रदेश कमिटीका पूर्व सदस्य एबम् बुद्धिजीवि बासु दुलालले संविधान र व्यवस्थालाई रक्षा गर्न अहिले निकै चुनौती रहेको बताउनुभयो । वहाँले विभिन्न चरणमा हुने आन्दोलनले नेपालको संविधानमाथि नै खतरा हुने भएकोले राजनीतिक दलहरुले खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी पार्टी केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठले मुलुकको बेथिती र भष्ट्रचारविरुद्ध सञ्चालन गरेको जेन–जी पुस्ताको उठाएका एडेण्डामाथि नेपालका सवै राजनीतिक दलहरुले साथ र समर्थन गर्न आवश्यक रहेको बताउनुभयो । वहाँले नेतृत्व पुस्तान्त्रण र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषयमासमेत जेन–जी पुस्ताको मागलाई दलहरु एक ठाउँमा आएर सहमती खोज्नुपर्नेजोढ दिनुभयो ।

जिल्ला कमिटी झापाका उपाध्यक्ष नबीन इजमले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा केन्द्रीय सल्लाहकार एबम् झापाका पुराना बामपन्थी नेता देबी बराल, केन्द्रीय सल्लाहकार ताराराज ओली, प्रदेश कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघ समाजवादीका वरिष्ठ उपाध्यक्ष शंकर थापा, प्रदेश कमिटी सदस्य श्री सिटौला, प्रदेश कमिटी सदस्य मोहन ढकाल, जिल्ला कमिटी झापाका उपाध्यक्ष तथा अनेमसंघ समाजवादी झापाका अध्यक्ष सरस्वती सुब्बालगायतको उपस्थिति थियो ।

कार्यक्रममा शहीदहरुप्रतीको सम्मान र सम्झामा दीप प्रज्वलन गर्नुको साथै राष्ट्रिय झण्डासहित राष्ट्रिय गीत गुञ्जमान गरिएको थियो । कार्यक्रममा जिल्ला कमिटी झापाका उपसचिव श्री मिश्रले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *