काठमाडौँ, ४ असोज–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छिन्।
शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुग्नेकी उनले यस्तो बताएकी हुन्। उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन्।
उनीहरु बस्ने भौतिक संरचनाहरु बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरिन्।
शान्तिपूर्ण ढंगले आफ्ना मागहरु राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेनजीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको उनले दावी गरिन्।
यसबारे राम्रोसँग अध्ययन हुनुपर्ने बताउँदै उनले राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास नहुने जिकिर गरिन्।

