काठमाडौं, ४ असोज–नेकपा (एकीकृत समाजवादी) ले तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित चुनाव सुनिश्चित गर्न माग गरेको छ।

शुक्रबार बसेको सचिवालय बैठकले भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गराउन एकीकृत समाजवादीले अरू राजनीतिक दलहरू, नागरिक समाजलाई पनि आह्वान गरेको छ।

‘आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा भएको छ। तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न, गराउन हाम्रो पार्टी नेपाल सरकार, राजनीतिक दलहरू, नागरिक समाज एवं सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछ,’ एकीकृत समाजवादीले भनेको छ।

एकीकृत समाजवादीले विगतका कामको समग्र समीक्षा गरेर निश्कर्ष निकाल्न र भएका गल्ती कमी कमजोरीहरू सच्च्याउँदै व्यापक सुधारको प्रक्रियाका साथ राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्ने पनि सचिवालय बैठकले निर्णय गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *