दमक, ४ असोज–जीवन चक्र समाज नेपालको हालै सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिको आज पद हस्तान्तरण गरिएको छ ।
जीवन चक्र समाज नेपालको कार्यालयमा शनिवार औपचारिक कार्यक्रम गरि समाजका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद गौतमसहितका पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरि पदभार ग्रहण गरेका थिए । उनीहरुलाई निर्वाचन समितिका संयोजक देवीप्रसाद गुरागाई सपथग्रहण गराउनुका साथैं निर्वाचित प्रमाणपत्र प्रदान गरे ।
नेपाल सोसाइटी उपशाखाका सचिव घनश्याम कोइरालाको प्रमुख आतिथ्यता भएको सो कार्यक्रममा सहभागिहरुले नजिकिएको बडादशैं २०८२ को शुभकामनाका साथ निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
गठित निर्वाचन समितिका सदस्य तिलचन्द्र अधिकारीले सञ्चालन गरेका सो कार्यक्रममा क्लब हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवत भण्डारी, साहित्य कला संगमका अध्यक्ष बिन्दु दाहाल (मुकदर्शक), स्वर्णलक्ष्मी शाकोसका अध्यक्ष बिमल बराल, डा.गुरु पौडेल, निर्वाचन समितिका सदस्य सन्दिप दिपु चापागाईंले शुभकामना मन्तव्य दिएका थिए भने संस्थाले निर्वाचन समितिलाई मायाको चिनो प्रदान गरि धन्यवाद ज्ञापन गरेका सचिव गणेश प्रधानले जानकारी दिए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष बेनुराज प्रसाईले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा संस्थाको बिधान बमोजिम अनुशासन समिति संयोजकमा टेकनाथ भण्डारी र शिक्षा तथा स्वास्थ्य समिति संयोजकमा डा.लेखनाथ न्यौपानेलाई मनोनित गरिएको छ । साथै आजीवन सदस्य ओम कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको सचिव प्रधानले बताए ।
