काठमाण्डौं, १५ असोज–तलेजु मन्दिर आज सबैका लागि खुला गरिएको छ । वर्षमा एक दिनमात्रै नागरीकका लागि खुला गरिएको काठमाण्डौ तलेजु मन्दिरमा बिहानदेखि भक्तजनकोे भिड लागेको छ ।

हरेक वर्ष असोज शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा तथा दर्शन गर्न तलेजु मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिनुभयो ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना तथा दर्शनका लागि पुग्ने गर्छन् । तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमी अर्थात गएराति कालरात्रि पूजा गरी बलि दिइएको छ ।राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने चलन छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *