महेन्द्रप्रसाद चम्लागाईं

बिर्तामोड, २४ असोज–विश्वभर छरिएर रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

पाँचौँ अधिवेशनले उनलाई सन् २०२५–२०२७ कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

झापा बाह्रदशी गाउँपालिका–५ डाँगीबारीका चम्लागाईं विगत तीन दशकदेखि कतारमा व्यवसायमा सक्रिय छन्।

चम्लागाईं यसअघि अन्तर्राष्ट्रिय झापाली समाजको वरिष्ठ उपाध्यक्ष थिए। अधिवेशनको अवसरमा ‘स्मारिका २०८२’ सार्वजनिक गरिएको थियो। समाजअन्तर्गत हाल ४० राष्ट्रिय समिति क्रियाशील छन्।

सन् २०१७ मा स्थापना भएको अन्तर्राष्ट्रिय झापाली समाजले विश्वभरका झापालीहरूलाई एकजुट गर्दै सामाजिक, सांस्कृतिक र व्यावसायिक गतिविधिमा योगदान पुर्‍याउँदै आएको छ।

निर्वाचित कार्यसमितिको नामावली अधिवेशनपछि सार्वजनिक गरिने जनाइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *