काठमाडौं, २५ असोज–नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि भोलि आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।

शुक्रबार अबेरसम्म बैठकमै सहभागी भएकाले अध्यक्ष ओलीले शनिबार आराम गर्ने भनेपछि बैठक स्थगित गरिएको हो। शुक्रबारको बैठकमा अधिकांश सदस्यहरूले तत्काल अर्ली महाधिवेशन बोलाउन अध्यक्षमाथि दबाब दिएका थिए।

शुक्रबारकै बैठकबाट अधिकांश सचिवालय सदस्य ओलीको विकल्प खोज्नुपर्ने पक्षमा एकमत रहेको दाबी पनि गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *