काठमाडौँ, २५ असोज–नेकपा (एकीकृत समाजवादी) का एकता वार्ता समिति संयोजक बेदुराम भुसालले माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र जसपासँगको सम्भावित एकताको विषयमा तीव्र बहस भइरहेको बताएका छन् ।

उनले शुक्रबार बसेको नेकपा ९एकीकृत समाजवादी० सचिवालय बैठकमा रिपोर्टिङ गर्दै माओवादी, विप्लव र जसपासँग वार्ता चलिरहेको बताएका हुन् । उनका अनुसार एकता गर्ने चाहना सबैको रहेको तर राजनीतिक, वैचारिक र संगठनात्मक विषयमा अझै स्पष्टता रहेको बैठकलाई जानकारी गराएका थिए ।

बैठकमा सहभागी नेताहरूबीच सम्भावित एकताको औचित्यमाथि फरक फरक धारणा देखिएको थियो । केही नेताहरूले सम्पूर्ण वामपन्थी शक्तिलाई समेट्ने गरी सहमति बिना हतारमा निर्णय गर्नु नहुने मत राखेका थिए भने अन्य नेताहरूले एकता गर्दै जानु उचित हुने धारणा राखेका थिए।

बैठकमा नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको प्रसङ्ग पनि उठाइएको थियो । तर, अध्यक्ष माधवकुमार नेपालले ती विषयलाई हालका लागि एजेन्डा नबनाउने स्पष्ट पार्दै परेका पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताएका छन् ।

साथै, माओवादी, विप्लव र जसपाको एकतामा सामेल हुने कि नहुने भन्ने विवादका बीच शुक्रबारदेखि जारी नेकपा एसको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । स्रोतका अनुसार एकता हुन्छ कि हुँदैन भन्ने विषयमा पार्टीका नेताहरूबीच मतभेद हुँदा एकदिनका लागि बैठक हो ।

एकताका विषयमा एक मत नभएका कारण समान मत निर्माण गर्न निरन्तर छलफल भइरहेको एक नेताको भनाइ छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *