ताराप्रसाद गौतम

धरमपुर, २५ असोज–झापाको धरमपृुरस्थित हाम्रो हात्तेमालो कृेषि सहकारी संस्थाको आज सम्पन्न १४औं चुनावी वार्षिक साधारण सभाबाट सञ्चालक समितिको अध्यक्षमा पुनःताराप्रसाद गौतम चुनिनुभएको छ ।

शिबसताक्षी–१ धरमपुरमा सञ्चालित हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाको शनिबार लक्ष्मी नारायण माध्यमिक विद्यालयमा १४औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

सो सभाले आगामी चार वर्षका लागि गठित सञ्चालक समितिमा उपाध्यक्षमा लयप्रसाद गौतम, सचिवमा राजेन्द्र घिमिरे, उपसचिवमा इन्द्रकुमारी पाण्डे र कोषाध्यक्षमा टक न्यौपाने चुनिनुभएको छ ।

त्यस्तैं, संस्थाको सञ्चालक समिति सदस्यहरुमा मोतिलाल भुजेल, निहाङ किराँती (निरज), सीता अधिकारी, दिलकुमारी बस्नेत, मेरिना कार्की र मनिकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सोही सभाले संस्थाका पूर्व उपाध्यक्ष तथा श्याम कुलुङ राई संयोजक रहेको लेखा सुपरिवेक्षण समिति पुनगर्ठन गरिएको छ । समितिका दुई सदस्यमा भने अर्को बैठकले तोकिने भएको छ ।

यसअघि, हाम्रो हात्तेमालो कृेषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद गौतमको अध्यक्षतामा १४औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।

सभामा संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा गरिएको विभिन्न गतिविधिहरुसहितको वित्तिय पक्षका सुचाङ्कहरु अध्यक्ष गौतमले प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२/०८३ मा लक्षित कार्यक्रम र उदेश्यहरु सार्वजनिक गर्नुभएको थियो ।

शिबसताक्षी–१ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न १४औं वार्षिक साधारणसभामा संस्थामा कारोबार गर्ने उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *