दमक, २५ असोज–दमक–१ भानु चोकमा मुख्य कार्यालय रहेको नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाले आज २६ओ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

दुर्गा पाञ्चायन मन्दिरको सभाहलमा शनिबार सम्पन्न साधारण सभामा संस्थाका जेष्ठ सदस्यहरु, एक जना लगनशिल कर्मचारीसहित शैक्षिक प्रोत्साहन गर्ने उदेश्यले कक्षा–११ र १२ मा उत्कृष्ट अंक ल्याएर उर्तिण हुने सदस्यका छोराछोरी विद्यार्थीलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गरिएको छ ।

त्यस्तैं, नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ भित्र दमक–५ मा कार्यालय रहेको सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गर्ने प्रस्ताव साधारणसभामा पेश गरेको छ ।

सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको अध्यक्षतामा र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा २६औं वार्षिका साधारणसभा सम्पन्न भएको हो ।

सो सभामा दमक–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, जिल्ला बचत संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक समेत रहनुभएका सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणी ओझा, राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्की, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ, मेची बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले साधारण सभा सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कोइरालाले अर्थिक वर्ष २०८१।०८२ का लागि तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ०५६ सालमा २६ जना सदस्यबाट सञ्चालन गरिएको सहकारी संस्थामा ६३३ महिला र ६८३ पुरुषसहित हाल १३ सय १७ जना शेयर सदस्यहरु छन्

प्रतिवेदन अनुसार सहकारी संस्थाको शेयर पुँजी रु २,८०,३८,५०० रहेको छ भने कोषमा रु ४,२७,९२,६७१ र स्थिर पुँजी रु ६,३६,३१, १७१।२५ रहेको उल्लेख गरिएको छ ।

संस्थाको झापा, मोरङ र इलाममा सेवा गर्ने अनुमति पाएको छ । हाल इलामको चुलाचुलीमिा सहकारी संस्थाको सेवा केन्द्र सञ्चालनमा आएको छ ।

सञ्चालक समितिका सदस्य रत्नबहादुर धिमालले सञ्चालन गर्नुभएको सभामा व्यवस्थापक धनकुमारी पौडेलले स्वागत मन्तव्य राखेका थिइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *